सन्धिखर्कमा अर्घाखाँची, रूपन्देही र पाल्पाका संयुक्त सुरक्षा समिती बैठक सम्पन्न

लक्ष्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  तिन जिल्लाको संयुक्त सुरक्षा समिती बैठक सन्धिखर्कमा बसेको छ । अर्घाखाँची, रूपन्देही र पाल्पाका प्रमुख जिल्ला अधिकारी (सुरक्षा समिती प्रमुख) हरुको बैठक जिल्ला प्रशासन कार्यालय सन्धिखर्कमा बसेको हो ।
बैठकमा तिन जिल्लाका सिमाना क्षेत्रमा संयुक्त सिमा गस्ती, सिमाना क्षेत्रमा हुनसक्ने अपराधिक क्रियाकलाप, सवारी दुर्घटना न्युनिकरण, विपद व्यवस्थापन लगयतका विषयमा छलफल भएको छ ।
रुपन्देहीका प्रजिअ महादेव पन्थ, पाल्पाका प्रजिअ उमेश कुमार ढकाल, अर्घाखाँचीका प्रजिअ विजयराज पौडेल, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसी, सशस्त्र प्रहरी नायब उपरिक्षक रवि केसी, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश विष्ट, सशस्त्र प्रहरी नायब उपरिक्षक माधब रेग्मी, सेनानी सुमन थापा लगायत सुरक्षा समितीको टोलीबिच सुचना आदान–प्रदान गर्दै शान्ति–सुरक्षा कायम गर्ने विषयमा योजना बनाइएको छ ।
यसभन्दा अँघी गुल्मी र प्युँठानका सुरक्षा समितीहरुसंग पनी बसाई भईसकेको र सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागी सहकार्य गरी अगाडी बढ्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।

अन्य समाचारहरु