सन्धिखर्कमा सुशासन प्रर्बद्धनमा सरोकारवालको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

रुद्रमणि भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँचीका प्रमुख जिल्ला अधकिारी बिजयराज पौडेलले शुसान र पादर्शिता कायम गर्न सबैले सहयोग गनुपर्ने बताउनु भएको छ ।
सुशासन प्रबद्धनका लागि जिल्ला स्तरीय नागरिक संञ्जाल अर्घाखाँची र एकीकृत ग्रामिण बिकास समाजको सयुत अयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले भ्रष्टचारले चरागाडेको समाजमा एकैपटक सुधारगर्न खोजेपनि सुधान गर्न सजिलोे नभएको बताउनु भएको छ ।
 
उहाँले सकारात्मक सोचकासाथ सबै नागरिक सचेत नभएसम्म समाजमा सुशासनकायम गर्न अझै केहिवर्ष लाग्ने बताउनु भयो । देश संघियतामा गएपछि अधिकारहरु बाडफाड हुदा सोचेजस्तो काम गर्न सहज नभएको बताउनु भएको छ । कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका सभापति हिम बहादुर जिसी लेकाली , पत्रकार महासंघका प्रदेश सदस्य शोभाखार पन्थि, सुशासन प्रबद्धनका लागि जिल्ला स्तरीय नागरिक संञ्जालका अध्यक्ष फसुराम पाण्डे , गैरसरकारी सस्थाका प्रतिनिधि ठाकुर अधिकारी , लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा पाणिनी बहुमुखी कायाम्पसका सहप्रध्यापक सुरज सारुले बिश्वमा भएको सुशानको अभ्यास र अर्घाखाँचीको शुसानको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गनुभएको थियो ।
 
कार्यक्रममा बोल्ने बतmाहरुले सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण, क्षेतीपुर्तिसहितको नागरिक वडापत्र नभएको गुनासो गरेका थिए । कार्यक्रम एकीकृत ग्रामिण बिकास समाजका अध्यक्ष हृदय भुसालको अध्यक्षमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु