नुवाकोटमा भैरव बचत तथा ऋण सहकारीको बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न (फोटो फिचर)

विनाेद गैरे
नुवाकोट, अर्घाखाँची २०७६ पाैष २६ (अर्घाखाँचीडट्कम) । भैरव बचत तथा ऋण सहकारी संस्था लि. भूमिकास्थान नगरपालिका नुवाकोट अर्घाखाँचीको चोधौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशन भूमिकास्थानको नुवाकोटमा सम्पन्न भएको छ ।
चोधौं वार्षिक साधारण सभा तथा छैठौं अधिबेशनको व्यानर वाचन गरेर उद्धाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा भूमिकास्थान नगरपालिकाका नगर उप–प्रमुख खडानन्द बेल्वासेले ग्रामिण क्षेत्रको दिगो विकाशको मेरुदण्डको रुपमा रहेका सहकारीहरुको बृद्धि विकास र स्तरउन्नतीको लागि भूमिकास्थान नगरपालिका सदा सकारात्मक भएको उल्लेख गर्दै सहकारीहरुले दैनिक तथा मासिक बचत संग-संगै आर्थिक उर्पाजनमा टेवा पुग्ने खालका कार्यक्रमहरु अगाडी बढाउनु पर्नेमा जोड दिदै सम्पूर्ण शेयर सदस्य महानुभावहरुलाई सहकारी माध्ययमवाट उत्पादनमुखी व्यबसायमा लाग्न आग्रह गर्नु भएको थियो । उँहाले नगरपालिकाले उत्पादनमा आधारित अनुदानको ब्यबस्था सुरु गर्न नगरले गुरु योजना वनाई राखेको पनि जानाकारी दिनुभएको थियो ।
कार्यक्रममा भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ, जिल्ला वचत तथा ऋण सहकारी संघका उपाध्यक्ष पार्वता भुसाल, भूमिकास्थान नगरपालिका वडा नं. ८ का वडा सदस्य कल्पना भुसाल, वडा नं. ७ का वडा सदस्य हुम बहादुर सिंह ठकुरी, नेपाल पत्रकार महासंघका अर्घाखाँची शाखाका कोषाध्यक्ष विनोद गैरे, नुवाकोट गर्भे खानेपानी उपभोक्ता समितिका अध्यक्ष लिलामणि उपाध्याय, नेपाल रेडक्रस शाेसाइटी नुवाकोट उप–शाखाका प्रतिनिधि डिल्लीराज शर्मा गैरे, देउराली कृषि तथा सहकारी संस्थाका चन्द्रमणि गैरे, सेन्चुरी कमर्सियल बैंक भूमिकास्थान नगरपालिका शाखाका प्रमुख सुरज कडेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा ७५ वर्ष माथीका शेयर सदस्यहरु गुरु प्रसाद खनाल, उमाराम आचार्य, कुल प्रसाद श्रेष्ठ र हिम बहादुर के.सी त्यस्तै शैक्षिक सत्र २०७५/०७६ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी मध्येवाट उत्कृष्ट नतिजा ल्याउने सुष्मा श्रेष्ठ र मुनाल श्रेष्ठ र असल ऋणि तर्फ कमला वि.क. र जीवन मर्साही मगरलाई फुलमाला, अविर, दोसल्ला र प्रमाण-पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ को रु. १ करोड २८ लाख ९ हजार ५ सय ५६ रुपैयाकको आर्थिक आय व्यय संस्थाका कोषाध्यक्ष चन्द्र प्रसाद श्रेष्ठले र संस्थाको आगामी आर्थिक वर्ष २०७६/०७७ को रु. १ करोड ५३ लाख ७ सय ३४ रुपैयाको वार्षिक कार्ययोजना संस्थाका प्रवन्धक पुष्प श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, संस्थाका ऋण समिति संयोजक बलराम पौडेलको स्वागत मन्तव्य साथै संस्थाका संचालक समितिका सचिव केशव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । 

अन्य समाचारहरु