सन्धिखर्कबाट अवैध भारतीय मदिरा सहित दुई जना पक्राउ

लक्ष्मण घिमिरे

सन्धिखर्क, अर्घाखाँची  । प्रहरीले अवैध भारतीय मदिरा सहित दुई जनालाई सन्धिखर्कबाट पक्राउ गरेको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर–१ डम्पींग साइडमा बा १६ च ६४७२ नम्बरको सिंगल क्याब जिप चेकजाँच गर्दा राजस्व छली गरी बेचविखनको उद्धेश्यले ल्याईएको दस कार्टुन मदिरा सहित २ जनालाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।


पक्राउ पर्नेमा गाडी चालक कपिलवस्तु बाणगंगा नगरपालिका वडा नम्बर–२ बस्ने विष्णु न्यौपाने र वाणगंगा नगरपालिका वडा नम्बर–४ बस्ने भोजराज पौडेल रहेका छन् । 

पक्राउ परेका दुबै जनालाइ आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुमा पठाईएको प्रहरीले बताएको छ

अन्य समाचारहरु