प्रेम नारायण आचार्य
सिद्धारा । जागृती कृषि तथा पशु विकास महिला सहकारी सस्था सिद्धाराको तेस्रो साधारण सभा शितगंगा नगरपालिकाको बहखोरमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्धाटन गर्दै प्रदेश सदस्य निर्मला क्षेत्रीले कृषि र पशुपालनबाट मात्रै नेपालको आर्थिक समृद्धि हुने बताउनु भयो । उँहाले कृषि र पशुपालनलाइ पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकरारले योजना बनेको बताउनु भयो ।
शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्यप्रसाद अधिकारीले उत्पादनमा नगरपालिकाले आधारित अनुदान कार्यक्रम सञ्चालन गरेकोले कृषकहरु लाभान्वीत भएको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी तथा नेपाली कांग्रेसका जिल्ला सदस्य माधब प्रसाद पौडेल, पर्यावरण संरक्षण सामुदायिक विकास केन्द्रका अध्यक्ष हरिबहादुर खड्का, जनजागृति माविका प्रधनाध्यापक रोमाखर बन्जाडे, नगर सदस्य शान्ता अधिकारी, वडा सदस्यहरु ऋषिराम भुसाल, बेदुराम आचार्य, निर्मला दर्जी लगायतले मन्तब्य राख्नु भएको थियो ।
सस्थाकि अध्यक्ष सरस्वता पोख्रेलले वार्षिक प्रतिवेदन र राधिका वेल्वासेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम अध्यक्ष सरस्वता पोख्रेलको अध्यक्षता, रेनु वेलवासेको स्वागत र दिपा भुसालको सञ्चालनमा सम्पन्न भएको हो ।
शितगंगा नगरपालिकाको ९,१० र ११ मा कार्य क्षेत्र भएको यस सहकारीमा चार सय भन्दा बढी सदस्य रहेका छन ।