सन्धिखर्क देखि खिल्जी असुरकोट मोटरबाटो २ वर्ष भित्र कालोपत्रे गरिने

  रुद्रमणि भुसाल 
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सन्धिखर्क देखि खिल्जी असुरकोट प्युठानको सिमाना जैटारी जोड्ने मोटर बाटो २ वर्ष भित्र कालोपत्रे गरिने भएको छ । भुमिकास्थान नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने बाटो खण्डलाई कालोपत्रे गर्ने भएको हो ।
कुर बाँझखर्क बाट नुवाकोट को पोखेडाडा सम्म १७ सय मिटर सडक कालोपत्रे हुने भएको हो । उक्त सडकलाई कालोपत्रे गर्नको लागी प्रदेश सरकार बाटरु १ करोड र भुमिकास्थान नगरपालिका बाट १ करोड गरि २ करोडको लगानिमा १७ सय मिटर सडक कालोपत्रे गने योजना भएको भुमिकास्थान नगरपालिकाले जनाएको छ । त्यस्तै धारापानी बजार बाट अघि करिव ४ किलोमिटर धारापनी ढाकावाङ लागत ३ करोड ४०लाख जस मध्य १ करोड भुमिकास्थन नगरपालिकाको र २ करोड ४०लाख प्रदेश सरकारको बाट सडकलाई कालोपत्रे गरिने भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाको भनाई छ ।
नगरप्रमुख थापाले ३ वडा कार्यालय बनाइसकेको र अरुवडा पनि केहिबर्षमै सबै वडा कार्यालय बनाएरसक्ने बताउनु भयो नगर उपप्रमुख खडानन्द बेलबासेले ६ मिटर फराकिलो ग्राभिल सडक मध्य ५ मिटर सडकलाई कालोपत्रे गरिने बताउनु भयो ।
त्यस्तै नुवाकोट देखि खिल्जी असुरकोट जैटारी जोड्ने सडकमा बरबास देखि बेल्बोटसम्म १करोड ४०लाख र बेल्बोट देखि जैटारी सम्म केन्द्र सरकार बाट १ करोड र भुमिकास्थान नगरपालिकाको १ करोड गरि २ करोड लगानिमा सडकलाई अहिले ग्राभिल गरिने कामधमाधम भैरहेकोमा स्थानिय पनि खुसि भएको स्थानिय बोम बहादुर बिकको भनाई छ । यो वर्ष नै गच्छे नमुना पूल देखी गैरागोठ सम्म ९०लाख को लगानीमा २७००सय मिटर सडक ग्राभिल भैरहेको भुमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण भण्डारीले बताउनुभयो ।

अन्य समाचारहरु