माधव खनाल
ढाकावाङ्ग, अर्घाखाँची पौष २८ । अर्घाखाँची जिल्लालाई अपराध मुक्त जिल्ला बनाउने प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भयो ।
सोमबार भुमिकास्थानको ढाकावाङ्गको पिपलनेटामा अपराध जन्य कृयाकलाप नियन्त्रणका लागि गरिने प्रबर्द्धनात्मक तथा बृहत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ पौडेलले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रममा प्रहरी नायक उपरीक्षक प्रकाश बिस्टले अपराधजन्य कृयाकलापलाइ शून्य स्तरमा लैजानु नै आजको मुख्य उदेश्य रहेको बताउनु भयो ।
कार्यक्रममा रामवाण गुल्मका गुल्मपती सुमन थापा सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी भुमिकास्थान १ का अध्यक्ष भोजराज खनाल २ का अध्यक्ष बुद्धि थापा लगायतले मन्तव्य राख्दै अपराध जन्य कृयाकलापलाइ निर्मुल पार्नुनै आजको मुख्य उदेश्य रहेको बताउनु भएको थियो ।