सन्धिखर्क नगरपालिकाको हिउदे अधिबेशन तथा छैठौ नगरसभा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाको हिउदे अधिबेशन तथा छैठौ नगर सभा विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ ।
नगर सभा तथा हिउदे अधिवेशन नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको हो । 
नगर सभाले प्राकृतिक स्रोत तथा वातावरण संरक्षण व्यवस्था सम्वन्धि विधेयक पास गरेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनु भयो ।
विभिन्न कार्यक्रमको अनुमोदन , न्यायीक समितको प्रतिवेदन तथा करका केहि दायरामा हेरफेर समेत गरेको छ ।
 

अन्य समाचारहरु