अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको खनदहमा अपराधजन्य त्रियाकलाप लागि गरिने प्रवद्वनात्मक कार्य अन्तर्गत बृहत अन्तरक्रिया एवम् अपराध नियन्त्रण सम्बन्धि कार्यपत्र प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीकाे आयाेजना र जिल्ला प्रहरी कार्यालयकाे सहयाेगमा अपाराधजन्य त्रियाकलाप लागि गरिने प्रवद्वनात्मक कार्य अन्तर्गत बृहत अन्तरक्रिया एवम् अपराध नियन्त्रण सम्बन्धि कार्यपत्र प्रस्तुतिकरण कार्यक्रम खनदहमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, प्रहरी नायक उपरीक्षक प्रकाश बिस्ट लगायतको उपस्थिती थियो ।