अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ५ वाङ्गला बरपाेखराकी एक विवाहित युवती बेपत्ता भएकी छिन् ।
वाङ्गला बरपाेखराकी २३ वर्षिया विनता अधिकारी गत पुस २५ गते बिहान ८ बजे सदरमुकाम सन्धिखर्कबाट बेपत्ता भएकी हुन् ।
विनता सदरमुकाम सन्धिखर्कमा आफ्नी बिरामी ठुलीआमालाई भेट्न जान्छु भनेर वाङ्गलाको बरपाेखरा घरबाट हिंडेको थिईन् । वाङ्लाको च्यानडाँडासम्म फोन संपर्कमा रहेकी विनता अहिलेसम्म फेला परेकी छैनन् ।
विनता पौष २४ गते माईत खनदहकाे डाडाकटेरीबाट घर आएकी थिईन् । उनलाई अहिलेसम्मा माईती र घर पक्षका परिवारली फेला पार्न सकेका छैनन् । साथै उनलाई खोजिदिन परिवारले प्रहरी लगायत सम्पूर्णमा अनुरोध गरेका छन् ।