सन्धिखर्कमा सक्षम परियोजनाको स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविर सम्पन्न (तस्बिर सहित)

सागर महत 
सन्धिखर्क, अर्घाखाँची २९ पुस । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सक्षम परियोजना अर्घाखाँचीको आयोजनामा स्वास्थ्य तथा पुर्नस्थापना घुम्ती शिविर सम्पन्न भएको छ ।
शिविरको उद्घाटन गदै सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले शारिरिक अपाङ्घता भएका बालबालिकाहरुकोे नयाँ जिवन सृर्जन गर्ने विकलाङ्घ मित्र समुह अपाङ्घ अस्पताल तथा पुर्नस्थापना केन्द्र,, सक्षम परियोजना अर्घाखाँची लाइ धन्यवाद दिनु भएको छ ।
तिन वर्षको अवधीमा अर्घाखाँची जिल्लामा ३सय ५५ जना भन्दा बढी बालबालिका लाइ सेवा दिएको भन्दै अर्घाखाँचीका सबै स्थानीय तह यो परियोजना संग सहकार्य गरेर काम गर्न तयार रहेको बताउनु भयो ।कार्यक्रममा बोल्दे परियोजना व्यवस्थापक गोविन्द चौधरीले मुख्यतय गा्रमीण भेगमा पनि छोटो अवधीमा शारिरिक अपाङ्घता भएका बालबालिकाहरु जिवनमा केही सुधारात्मक सेवा दिन पाएकोमा संस्था निकै खुशी रहेको र आगामी दिनमा पनि थप सेवा दिने संस्थाको उदेश्य रहेको बताउदै गरीव असाय असक्त व्यक्तीहरुको सेवा दिनको लागी काठमाण्डैं दिने घुम्ती शिविर बाट सेवा अर्घाखाँचीमा दिएको बताउनु भयो
 कार्यक्रमा जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम,पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम जिसी लेकाली लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो ।
शिविरमा फिजियो थेरापी डाक्टर निरज सिङ्घ थारु,विएडी नरसिङ्घ प्रतिक्षा श्रेष्ठ, सहाय सामाग्री विशेषज्ञ प्रेम भुजेल लगायतले सेवा दिनुभएको थियो ।घुम्ती शिविर बाट शारिरिक अपाङ्घता भएका ६१ जना बालबालिकाहरुले सेवा लिएका थिए ।
कार्यक्रममा संस्थाका अर्घाखाँचीका सुपरभाइजर लेखनाथ आचार्यको संचालन डाक्टर नितेश कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु