सन्धिखर्कको चुत्रावेसीमा माघे सक्रान्ति मेला २०७६ एवं बृहत कृषि औद्योगिक प्रदर्शनी शुरु (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्रावेसी – त्रिवेणीधाममा माघे सक्रान्ति मेला २०७६ ” बृहत कृषि ,पशुपन्छी तथा औद्योगिक प्रविधि प्रदर्शनी मेला एवं विविध सांस्कृतिक कार्यक्रम शुरु भएको छ ।
मेलाको एक भब्य समारोहबीच प्रतिनिधि सभा सदस्य पुर्व उपप्रधानमन्त्री ट‍ोप बहादुर रायमाझीले उदघाटन गर्नु भएको छ । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का प्रदेस साम्सद रामजी प्रसाद घिमिरे, निर्मला क्षेत्री सन्धिखर्क नगरपालिकाका उपप्रमुख तथा नेकपाका युवा नेता जिल्ला सचिब ठाकुर कुमार विक, नेपाली काङ्ग्रेसका जिल्ला सभापति युवा नेता बिस्नु प्रसाद खनाल मुस्कान, उधोग बाणिज्य सघका अध्यक्ष युवराज श्रेष्ठ, सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे, दुईका अध्यक्ष मोतिजग रायमाझी कृर्षि ज्ञान केन्दका प्रमुख देबेस मिश्र कृर्षि जोनका प्रमुख बुद्धि भट्टराई बजार सुधार समितिका अध्यक्ष नारायण प्रसाद बन्जाडे निर्माण ब्यबसाहि सघका अध्यक्ष ऋषिराम अधिकारी तथा सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो ।
मेला उधोग बाणिज्य संघ अर्घाखाँचीको आयोजनामा सुरु भएको हो । मेलामा अर्घाखाँचीमा उत्पादन भएका कृषि, फलफुल, पशुपन्छी तथा औद्योगिक प्रविधि लगायत प्रदर्शनीमा राखिएको छ ।

अन्य समाचारहरु