अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रास्ट्रिय एकता योगको सान्दर्भिकता भन्ने मुल नाराका साथ पाँचौ राष्ट्रिय योग दिबस २०७६ को साप्ताहिक कार्यक्रम अन्तरर्गत प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल को अध्यक्षतामा भएको कार्यक्रममा साहायक प्रजिअ बिक्रम थापा जिल्ला आर्युबेद स्वास्थ केन्द्र अर्घाखाँची का प्रमुख अर्जुन सर्मा अर्घाखाँची ,पतन्जली योग समिति का अध्यक्ष प्रेमलाल पोख्रेल लगाएत बिभिन्न सस्थाका प्रतिनिधि हरु ब्राह्मकुमारी बिश्व बिध्यालयका प्रशिक्षक तथा साधाकहरुको संयुक्त टोली ले विभिन्न योगका नारा लगाउदै प्रभातफेरी सम्पन्न गरेको थियोे ।
कार्यक्रम युवा समाजसेवी लक्ष्मण पराजुलीको सन्चालनमा सम्पन्न भएको थियोे ।