अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ स्थित ट्राफिक चोक नजिक खड्का कोलौनीमा पशुपति फर्निचर उधोगको स्थापना भएको छ ।
अर्घाखाँची जिल्लामा रहेर बेकरिज उधोगको रुपमा अगाडि बढेको पशुपति बेकरिज उधोग प्रालिले सुबिधा जन्य पशुपति फर्निचर शुरु गरेको युवा ब्यबसाहि तथा देउरालि यातायात प्रालिका अध्यक्ष योगेन्द्र खड्काले जानकारी दिनु भयो ।फर्निचर उधोगको अाज माघे सक्रान्ति का दिनबाट बिधिबत सुरुवात गरिएको खड्काले बताउनु भयो ।
अर्घाखाँची का स्थापित युवा ब्यबसाहि खड्काले अब सस्तो सुफद मुल्यमा काठका हरेक फर्निसिङ सम्बन्धि सामान बितरण गर्ने बताउनु भयो ।खड्का सरल सभाबका सामाजिक क्षेत्रमा काम गर्ने सफल ब्यबसायी हुन ।