ठाडा, सितापुर, चाक्ला, अमराई, हिलेखोला लगायतका बजार एरियाका होटलहरुबाट सयौ लिटर घरेलु मदिरा, जाँड बरामद गरि नस्ट (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगाका विभिन्न बजार एरियाका होटलहरुमा अवैध रुपमा बिक्रि बितरण गर्दै आएको सयौ लिटर घरेलु मदिरा, जाँड बरामद गरि नस्ट गरिएको छ ।     
 ‘”समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार ईलाका प्रहरी कार्यालय ठाडाबाट गस्ती डिउटी चेकिङगमा खटिएका प्रहरी निरीक्षक बाबुराम बस्नेत समेतको टोलीले ईलाका प्रहरी कार्यालय ठाडाको वार्ड एरिया अन्तर्गत शितगंगा नगरपालिका वार्ड नं. १२ हिलेखोला बजार, वार्ड नं. ४ चाक्ला बजार, अमराई बजार, वार्ड नं. ३ ठाडा बजार, वार्ड नं.२ सितापुर बजार एरियाका होटलहरुमा बिक्री बितरणका लागि राखिएको घरेलु मदिरा अनुमानित १०० लिटर तथा घरेलु मदिरा बनाउने कच्चा पदार्थ (जाँड) अनुमानित ७५ लिटर बारामद गरि नियन्त्रणमा ल्याई नस्ट गरिएको हो ।   
प्रहरीले शितगंगा नगरपालिका वार्ड नं. ४ का वडाअध्यक्ष दामोदर अधिकारी, शितगंगा नपा वार्ड नं. १२ का वडाअध्यक्ष बाबुराम गैरे लगायत स्थानिय जनप्रतिनिधिहरु, पत्रकार, स्थानियहरु, बुद्धिजिबिहरु, शिक्षक र प्रहरी टोली समेतको उपस्थितिमा ईलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाल्डो खनि नष्ट गरेको थियो । 

अन्य समाचारहरु