अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा माघे सक्रान्तिको अवसरमा स्लो मोटरसाइकल दौड प्रतियोगिता सम्पन्न भएको छ ।
सन्धिखर्कको टुडी खेलमैदानमा सम्पन्न स्लो मोटरसाइकल कुदाउने प्रतियोगितामा किमडाँडाका सुभाष थापा प्रथम, विजय गैरे द्वितीय र नारायण खड्का तृतीय भएका थिए ।
प्रतियोगितामा झन्डै दुइ दर्जन जति मोटरसाइकल कुदाउने प्रतियोगीहरुको सहभागिता रहेका थिए ।
बिजेता प्रतियोगीहरुलाई समाजसेवी बाबुराम बेल्बासे, सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्का संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए।