पाणिनी गाँउपालिकामा व्यावसायिक कृषिमा होमिने युवाहरुको लहर बढ्यो (फोटो फिचर)

डिआरजी सुमन
पणेना, अर्घाखाँची डटकम  व्युरो । अर्घाखाँची जिल्लाको पाणिनी गाँउ पालिका वडा नं १ सिम्लेका सान्नारन उपनामले परिचित (चोलनाथ पौडेल) १५ वर्षसम्म रात्रीवस चालक हुनुहुन्थ्यो । २०७० सालमा वस चालक पेसा छाडेर कृषि पेसामा प्रवेश गर्नु भएका पौडेल सोही वर्षदेखी आफ्नो ७ रोपनि जमिनमा सुन्तलाका विरुवा लगाएर व्यावसायिक सुन्तला खेती गर्न सुरु गरेको वताउनु हुन्छ ।
कृषि व्यावसाय सुरु गरेको पाँच वर्ष (२०७५) सालमै १५० क्विन्टल सुन्तला उत्पाद गरेर विक्रि गरि सकेको उहाको भनाई छ । हामीमा ईच्छा शक्ति भए लाखौको आम्दानी यहि माटोमै गर्न सकिन्छ भन्ने पौडेल वार्षिक ६० लाख कमाई गर्ने वताउनु हुन्छ ।
अर्घाखाँची जिल्लाको पाणिनि गाँउ पालिका वडा नं १ सिम्लेकै शालिकराम गौतम पनि लामो समयसम्मको वैदेशिक रोज़गारको क्रम छाडेर आफ्नै जमिनमा सुन्तलाका विरुवा लगाएर विदेश नजाने अठोट गरी गाँउमा स्थापित हुन लागेको वताउनु हुन्छ । धेरै समय विदेशमा वसेर पसीना वगाईयो तर दुखमात्र पाईयो । यदि मेहनतका साथ काम गरे पैसा यहि रहेछ अहिले आएर थाहा भयो गौतमको भनाई थियो ।
यस्तै पाणिनी गाँउ पालकी वडा नं १ वाँसवोट स्थित ५५ वर्षिय रबकला भट्टराईले आफु एक्लैले पनि लाखौ रुपैया वरावरको सुन्तला खेती गर्नु भएको छ । उहाँआफै नै विरुवा उत्पादन गर्नु हुन्छ उहाँ भन्नु हुन्छ १०/१२ मुरि मकै हुने वारि मासेर सुन्तला लगाउदा धेरैले अव भोकै मर्छे भन्न पनि पछि परेनन तर मैले हिम्मत नहारी सुन्तला लगाए अहिले मनग्य आम्दानी गरेको छु भट्टराई भन्नुहुन्छ ।
यसै वडाको वाँसवोटमा व्यावसायिक रुपमा च्याउँ खेति पनि भई रहेको छ । तपाई यो पेसामा कसरी आउनु भयो त भन्ने पत्रकारको जिज्ञासामा उहाँको भनाईमा आफु वेरोजगार थिए अन्य स्थानमा च्याउँ उत्पादन भएता पनि स्थानीय वजारमा च्याउँको अत्याधिक माँग हुने तर उत्पादन नहुने भएको हुदा वजार माँग पुर्तिको लागी म पनि केही गर्न सक्छु भन्दै काठमाण्डौ गएर तालीम लिएर आएर व्यावसायमा लागेको थिए अहिले राम्रो आम्दानी भएको छ क्रिमशन एग्रोफर्म प्रालीका संचालक कमला भट्टराई वताउनु हुन्छ । हामी मेहनत गर्न अल्छि गरेकै कारण वेरोजगार भएका हौ हाम्रा खेतवारी वाँझा राखेर विदेश गएर दुख पाउनु भन्दा जहाँ जुन खेति हुन्छ त्यहाँ त्यही खेती गरेर स्वरोज़गार वन्न सकिन्छ कमला भट्टराई भन्नु हुन्छ । 
– तस्वीर चोलनाथ पौडेल/अर्घाखाँची डटकम्

अन्य समाचारहरु