सन्धिखर्कमा जन्मदिनको खर्च क्रिकेट रंगशाला निर्माणलाई

अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका-१, स्थित श्रद्धा मोवाईल हष्पिटलका व्यवस्थापक नारायण वस्नेत र तुलसा बस्नेतकि छोरी गौरीशंकर इङ्गलिस वोर्डिङ्ग स्कूलको कक्षा दसमा अध्ययनरत नम्रता वस्नेतको जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरि जनस्तरबाट निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जिल्ला स्तरीय सहयोग समिति मार्फत रू पाँच हजार सहयोग गर्नु भएको छ ।
” हाम्रो रंगशाला हामी बनाउँछौँ” महाअभियान अन्तर्गत धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला जिल्ला स्तरीय सहयोग समिति अर्घाखाँचीको सहयोग रकम संकलन कार्यक्रम अन्तर्गत माघ २ गते तपसिल अनुसार सहयोग रकम प्राप्त भएको सचिव शिव वेल्वासे ले जानकारी गराउनु भएको छ ।
देवेन्द्र शाही ( शाही इलेक्टोनिक्स हल लाइन, 5,000) , गोपाल श्रेष्ठ (सिता कोल्डडिङ्गस, 5,005)
कृष्ण प्रसाद खनाल ( ज्योती लाईफ प्रमुख, 5, 151 ) , नारायण वस्नेत (श्रद्धा मोवाईल, 5100)
, नारायण प्रसाद खनाल (धार्मिक अभियन्ता, 11,000) , वेदराज घिमिरे (घिमिरे किराना स्टोर्स, 5,100) , रामचन्द्र घिमिरे ( यमाहा शोरूम, 5,000) , केशव रिजाल ( रिजाल सप्लायर्स , 5,000) , नारायण प्रसाद वन्जाडे ( पुष्पा कन्सटक्सन,15,000), यमराज पाण्डे ( पाण्डे स्टोर्स, 1100)यो महान अभियानमा सम्पुर्ण अर्घाखाँची बासी लाई सयोग गर्न अनुरोध समेत गरिएको छ ।

अन्य समाचारहरु