अर्घाखाँचीडट्कम संवाददाता
बराहादह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धारामा रहेकाे बराहादहमा छैठौं बराहदह माघी मेला तथा साँस्कृतिक मेला -२०७६ सम्पन्न भएको छ ।
स्थानीय कला सस्कृतिको जगेर्ना गरौ , बराहक्षेत्र लाई धार्मिक एबम पर्यट्किय रुपमा प्रबर्द्धन गरौ भन्ने मुल नाराका साथ छैटौं बराहादह माघी एबम सास्कृतिक मेला -२०७६ सम्पन्न भएको हो ।
मेलाको समुद्घाटन पूर्व उपप्रधान मन्त्री तथा प्रतिनिधी सभा सदस्य टोप बहादुर रायमाझीले गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का (उज्जवल), ५ नं. प्रदेश सभा सदस्य चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समिति सभापती पिताम्बर शर्मा, उप सभापती ऋषि बहादुर पुलामी, शितगंगा नगर प्रमुख सूर्य प्रसाद अधिकारी, उपप्रमुख टिका रेश्मी, सम्पूर्ण वडा अध्यक्ष समेतको उपस्थिती रहेको थियो ।
माघ १ गते साँझ ६ बजेबाट शुरु भएको मेलामा स्थानीय कला संस्कृतिको प्रदर्शनका साथै राष्ट्रिय स्तरका कलाकारहरु कृष्ण रेउले, रुपा घर्ती मगर, विक्रम राना, दिपक भण्डारी, आरती रुचाल, विजय पुन लगाएत स्थानिय स्तरमा चर्चित कलाकारहरुको सांगितीक प्रस्तुती रहेको थियो ।
धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् । माघे सक्रान्तिका दिन बिहानै देखि भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । उक्त दहमा स्नान गर्दा पाप नष्ट हुने विश्वास गरिने धार्मिक मान्यता रहीआएको छ ।
अर्घाखाँचीको दक्षिण-पश्चिम भागमा रहेको वराहदह शितगंगा नगरपालिका वार्ड नं. ९ मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित छ । यस दहमा आई बराह भगवानसगँ बर मागेमा सोंचेको पुग्ने स्थानीय बासीन्दाहरुले बताउँछन् । यस गोही पाईने धार्मिक बराहदहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा केन्द्रिय निकाय सम्म पुगोस् भन्दै यस वर्षको छैठौं माघि एवम् साँस्कृतिक मेलाको आयोजना गरिएको थियो ।