चुत्राबेसीको त्रिबेणी कलोनी टोल सुधार समितिको अधिबेशन सम्पन्न

श्याम घिमिरे  
चुत्राबेसी, अर्घाखाँची – सन्धिखर्क नगरपालीका २ चुत्राबेसी स्थिति त्रिबेणि कलोनि टोल सुधार समितिको अधिबेशन सुक्रवार सम्पन्न भएको छ । 
अधिबेशनले सुकदेब बेल्बासेको अध्यक्षतामा सात सदस्यीय टोलसुधार समितिको सर्बसहमत चयन गरेको छ । जसको उपाध्यक्षमा कासीराज सापकोटा,सचिबमा नेत्रबहादुर खनाल र कोषाध्यक्षमा सरस्वता भुसाल रहनु भएको छ । यस्तै समितिको सदस्यमा मोतिराज खनाल,माधब भुसाल र कमला भट्टराई चयन हुनुभएको समितिका अध्यक्ष बेल्बासेले जानकारी दिनुभयो । अधिबेशन निबर्तमान अध्यक्ष दुर्गाप्रसाद खनालको अध्यक्षता र सचिब सुकदेव बेल्बासेको संचालक सम्पन्न भएको थियो ।
अधिबेशनले दुर्गा प्रसाद खनाल,जेदुप्रसाद खनाल,गोबिन्द प्रसाद बन्जाडे,बुद्धिबहादुर खनाल र टेकबहादुर थापालाई सल्लाहकार समितिमा चयन समेत गरेको छ ।

अन्य समाचारहरु