सन्धिखर्कमा गणित र बिज्ञान बिषयको नतिजा सुधार ५२ दिने अभिमुखिकरण कार्यक्रम शुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सामुदायिक बिधालयमा गणित र बिज्ञान बिषयको नतिजा सुधार ५२ दिने अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ ।
सामाजिक बिकास डिभिजन कार्यलय कपिलवस्तु को अायोजनामा भएको कार्यक्रम को एक भब्य समारोह बिच जिल्ला समन्वय समितिका प्रमुख पितनम्बर सर्माले उदघाटन गर्नु भएको थियो ।
कार्यक्रम सामाजिक बिकास डिभिजन कार्यलय प्रमुख नरेन्द्रबहादुर बेल्वासेको अध्यक्ष ता भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा शाखा उपसचिव युगलनारायण बस्याल शिक्षा ईकाई कार्यलय अर्घाखाँची का प्रमुख मणिराम पराजुली भुमिका स्थान नगरपालिका शिक्षा शाखा प्रमुख टुकलाल साप्कोटा पत्रकार माहासघ का अध्यक्ष हिम लेकालि जनज्योति मा बिका प्रअ पशुपति भुसाल अादर्स माबि का प्रअ भेषराज खनाल लगाएको उपस्थिति रहेको कार्यक्रममा जिल्ला भरका गणित तथा बिज्ञान शिक्षकहरु क‍ो सहभागी ता रहेको छ ।
कार्यक्रम सुर्य खनालको सन्चालन सामाजिक बिकास मन्त्रालयका शाखा अधिकृत हरि अर्याल को सन्चालनमा उदघाटन सत्र सम्पन्न भएको हो ।

अन्य समाचारहरु