नरपानीको जगतमा बोलेरो जीप र सितापुरको बुढिचौर बजारमा टिप्पर दुर्घटना (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको सितापुरमा गोरूसिङगे बाणगङ्गाबाट गिट्टी लिएर जाँदै गरेको टिप्पर गिट्टी झार्नेक्रममा दुर्घट्ना  भएको छ । 
गोरूसिङगे बाणगङ्गाबाट गिट्टी लिएर शितगंगा नगरपालिकाको सितापुर जाँदै गरेको लु २ ख २०५९ नम्बरको टिप्पर शनिबार बिहान ९:३०  बजे गिट्टी झार्नेक्रममा सितापुर बुढिचौर बजारमा सडकमै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा कुनै पनि मानवियक्षति भएको छैन । 
  करिव ३ घण्टा गोरूसिङगे सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको थियो । सडकमै टिप्पर पल्टीएपछि अवरूद्द भएको गोरूसिङगे सन्धिखर्क सडकखण्ड केही बेरबाट एक तर्फी रूपमा सुचारू भएको छ ।  
प्रहरी र स्थानियको लामो प्रयास पछि सडकमा पल्टिएको टिप्परलाई एक तर्फी रूपमा साईड लगाएपछि दर्जनौ रोकिएका सवारी साधन आ-आफ्नो गन्तब्यमा लागेका छन् । 
नरपानीको जगतमा बोलेरो जिप दुर्घटना
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ६ नरपानीको जगतमा बोलेरो जीप दुर्घटना भएको छ ।
सन्धिखर्क जादै गरेको लु २ च ८३१३ नम्बरको बोलेरो जीप नरपानीको जगतमा दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित २ जना सामान्य घाइते भएका छन् ।  घाइतेको परिचय खुल्न सकेको छैन् ।
सडक देखि १० मिटर तल खसेको गाडीमा क्षति पुगेको छ । 

अन्य समाचारहरु