नुवाकोटको पोखेडाँडामा देउराली कृषक सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न

नबराज गैरे
नुवाकोट अर्घाखाँची मिति २०७६/१०/०३ । देउराली कृषक सहकारी संस्थाको भुमिकास्थान नगरपालिका अर्घाखाँची १४ औ वार्षिक साधारणसभा तथा कृषिउपज सकल केन्द्रको उद्घाटन भुमिकास्थान नगरपालिका   ९ नुवाकोटको  पोखेडाँडामा सम्पन्न भएको हो ।
१४ औ वार्षिक साधारणसभा तथा कृषिउपज सकल केन्द्रको उद्घाटन भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले व्यानर पढेर उद्घाटन गर्नुभएको हो । सहकारी संस्थाको विकासको निम्ति सहकार्य आवश्यक पर्नेभएकाले सबै एकजुट भएर लाग्नु पर्ने सहकारी एउटा ऋण लिने तथा बचत गर्ने संस्था मात्रै नभई कृषि व्यावसायिकरण गरे मात्रै संस्थाले सर्थकता पाउनुका साथै यश कार्यक्रमको औचित्य हुनेमा उहाको जोड रहेको थियोे, उहाले त्यसका स्थानिय सरकार घरदैलोमा आईसकेको र सानो सानो कामको निम्ति पनि जिल्ला सदमुकाम तथा अन्य कुनै ठाउँ चाहार्नुनपर्ने जसकाे निम्ति नगरपालिकाले सहकारी माध्यमबाट आउने कृषकलाई जस्तो सुकै सहयोग रहने बताउनु थियोे साथै अब लग्तै नगरपालिकाभित्र रहेका सहकारीका अध्यक्ष ,उपाध्यक्ष, तथा सचिवहरुको भेला गरि छुट्टै सहकारी हेर्ने निकाय बनाउने नगर प्रमुख थापाको भनाई रहेको थियो ।
कार्यक्रममा भुमिकास्थान नगरपालिका कृषि शाखा प्रमुख, भुमिकास्थान नगरपालिका वार्ड न ८ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, नगरपालिका वार्ड न ८ का वार्ड सदस्य कल्पना भुसाल,विभिन्न सहकारी प्रतिनिधि पत्रकार लगायतको उपस्थिति रहेको थियो
कार्यक्रम संस्थाका अध्यक्ष विनोद गैरेको अध्यक्षता संस्थाका उपाध्यक्षको स्वागत मन्तव्य तथा संस्थाका सचिव चन्द्रमणि गरेको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु