हिम बहादुर जिसी लेकाली
हंसपुर २०७६ माघ ४ । मालारानी गाउँपालिकामा नयाँ प्रविधिबाट पानी निकालिएको छ ।
पहाडकाे टाकुरा बाट पानी निकालिय पछि स्थानीयवासीहरू हर्षित भएका छन् ।
घेरा मालारानी पर्यटकिय पूर्वाधार मन्दिर उपभोक्ता समिति मालारानी ६ द्वारा हंसपुरमा पिउने पानी व्यवस्थापन काे लागि बाेरिङ्ग सन्चालनकाे काम सुभारम्भ गरियकाे हाे ।
मालारानी गाउँपालिका अध्यक्ष बालकृष्ण अाचार्यले गत माघ १ गते एक धार्मिक कार्यक्रम बिच पानी निकाल्ने कार्यकाे शुभारम्भ गर्नु भएको थियाे । मुक्तिनाथ दिलिप एण्ड कन्सट्रक्सन प्रा.लि रूपन्देही काे ठेक्कामा साे कामकाे थालनी भएको हाे ।
पहिलाे चरणकाे सफल परिक्षण पछि पानी अाउने निस्चित भए पछि साे कामकाे थालनी गरियकाे हाे ।साे काम सम्पन्न गर्न उच्च प्रविधि सहितकाे मसिन र प्राविधिक भारतकाे राजस्थान बाट मालारानी ल्याईएकाे हाे ।
माघ १ गते बाट सुरू गरियकाे कार्य झरिकाे कारणअाज चाैथाे दिन पानी निकाल्न सम्भव भएको अध्यक्ष बालकृष्ण अाचार्यले बताउनु भयाे । ।मालारानी मन्दिर परिसर सडक किनारा बाट सुरू गरिएको उक्त बाेरिङ्ग जमिन सतहबाट ३०० मिटर गहिराइमा खन्दा पानी फेला परेकाे र पानी २ ईन्चकाे पाेलिथिन पाइपमा भरिने गरि निक्लेको रिसर्चमा संलग्न ईन्जिनियर बासु भुसालले बताउनु भएको छ ।
मालारानी गाउँ पालिकाकाे बजेटमा साे कार्य सम्पन्न हुने उपभोक्ता समितिका अध्यक्ष लाेक बहादुर बस्नेत ले बताउनु भयाे ।
उक्त पानी लाई ब्यवस्थीत गरि मालारानी मन्दिर परिसरमा राखिने र संकलित पानी वडा नं.३ र ६ का जनतालाई पनि बितरण गरिने मालारानी गाउँपालिका सब ईन्जिनियर हरिषचन्द्र पाण्डेले बताउनु भएको छ ।
उक्त कार्यक्रम सम्पन्न गर्न ठेकेदार कम्पनीका प्रमुख बेदराज खनाल ,वडा नं.६ का अध्यक्ष नारायण प्रसाद अर्याल ,उपभोक्ता समिति ,स्थानीयवासी काे सकृय सहभागीता रहेकाे थियाे ।
नेपाल भ्रमण वर्षकाे संघारमा गरियकाे याे सफल प्रबिधिले पिउने पानी पहाडकाे टाकुराबाट पनि ड्रील गरेर निकाल्न सकिने नयाँ सम्भावना निम्ताएकाे छ ।
अब प्राकृतिक साैन्दर्यताले भरियकाे धार्मिक तथा पर्यटकिय स्थल मालारानी मन्दिरकाे विकास तथा सिंगाे गाउँ पालिकाकाे समृद्धिकाे लागि याे पिउने पानीकाे सफलताले नयाँ गाेरेटाे काेरेकाे छ । यसले मालारानीकाे पर्यटन प्रबर्द्धनका पनि थप टेवा प्रदान गर्ने जन बिश्वास रहेकाे छ ।