अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या शुन्य पुगेको छ ।
अर्घाखाँची जिल्लामा पछिल्लो ६ महिनाको विवरण हेर्दा आत्महत्या गर्नेको संख्या शुन्य पुगेको हो । आत्महत्या गर्नेको संख्या शुन्य पुग्नुमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको छ ।
प्रहरी नायव उपरिक्षकमा प्रकाश विष्ट गत जेष्ठदेखि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आएदेखि जिल्लाबासीले शान्तिसुरक्षा महसुसु गरेका छन् । जिल्लाका ६ वटै पालिकाका गाउँ गाउँमा पुगेर प्रहरीले दैनिक जसो आत्महत्या रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गराउदै आएको छ ।
प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अनुसार गाउँ गाउँमा पुगेर आत्महत्या रोकथाम, दुर्घटना रोकथाम, बालविवाह तथा बहुविवाह न्यूनीकरण, घरेलु हिंसा न्यूनीकरण, जुवा तास रोकथाम, महिला हिंसा, दैविक प्रकोप तथा आगलागी रोकथाम सम्बन्धी लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गराउदै आएको छ ।
सन्धिखर्कका व्यापारी नारायण बन्जाडेले; जिल्लामा स्थानिय पालिका र प्रतिनिधिहरुबाट मिटिङ भत्ता, तालिम गोष्टी, महंगी भत्ता, पानी बिजुली, संचार महसुल, कार्यालय सन्चालन, छपाई, घरभाडा, मर्मत सम्भार, इन्धन खर्च, परामर्श सेवा, पुरस्कार सम्मान गर्दा, नगरसभा सन्चालन, कार्यालय भ्रमण या वा शिर्षकमा ठुलो खर्च बढाई- चढाई व्यापक भ्रष्टचार गर्ने काम भएको छ, पालिकाले वा अन्य अहिलेसम्म नगरेको काम प्रहरीले गरेको छ; जिल्लाले अहिले शान्तिसुरक्षा महसुसु गरेका छन्, जनतालाई ज्ञान दिदै हिंडेको छ भन्दै प्रहरीको सरहना गरे।
विदाको दिन समेत प्रहरीले जिल्लाभर जनताका घर – घरमा विभिन्न सुरक्षा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गराउदै आएको छ ।
ढाकावाङका एक युवाले नाम नबताउने सर्तमा भने; म परिवारमा आर्थिक कारण-तनावले गर्दा कयौ पटक आत्महत्या गर्ने प्रयास गरे, नकारात्मक सोच मात्रै आउने गर्थ्यो तर एक दिन प्रहरीले यस विषयमा गाउँबासीलाई जम्मा गरेर जानकारी गराएपछि र हामीलाई कुनै घटनाघटेपछि अनुसन्धान र कानुनी दायरामा ल्याउने प्रहरीले नै यसरी ज्ञान दिएपछि मलाई पुरानो नकारात्मक सोच हरायो, जसले गर्दा अहिले प्रहरीका कारण नयाँ जीवन पाएको महसुसु भएको छ । आर्थिक समस्या सबैलाई पर्छ तर हामीलाई काम गरेर खाने जमिन – जग्गा त छ; उनले भने ।
उता जिल्लाभर घर – घरमा पुगेर विभिन्न बिषयमा रोकथाम सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गराउदै हिंडेको प्रहरीबाट शान्तिसुरक्षा महसुसु गरेका छन् नै त्यो माथि सबै क्षेत्रमा सचेत, सावधान भएका छन्; सन्धिखर्कका हरि भुसालले भने ।
अर्घाखाँचीमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको भएता पनि गएको छ महिना यता शुन्य रहनु सकारात्मक पक्ष हो ।
उता नेपालमा वर्षेनी पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले भनेजस्तो नहुनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले वर्षेनी ठूलो सङ्ख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् ।
आव २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, विष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हाम फालेर २३, आगो लगाएर २२, हात हतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको र मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने प्रहरीको भनाइ छ । आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४/७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए ।