सन्धिखर्कमा लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (लुहेस्काे ) ११ औ वार्षिक साधारण सभा सम्पन्न (तस्बिर सहित)

(प्रकासित मिती: २०७६ माघ ४, शनिवार)

अर्घाखाँचीडट्कम संवाददाता 
 सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (लुहेस्काे ) अर्घाखाँचीकाे ११ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  
वार्षिक साधारण सभाकाे उद्घाटन राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्काले गर्नु भएको थियो । राष्ट्रियसभाका सदस्य चन्द्र बहादुर खड्का उज्वलले शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताएका छन् । लुम्बिनी स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड लुहेस्को अर्घाखाँचीको ११औं वार्षिक साधारण सभाको सन्धिखर्कमा उद्घाटन गर्दै उनले सुबिधा सम्पन्न अस्पताल र गुणस्तरीय शिक्षाको निम्ति मानिसहरु बसाइँसराइ गर्ने गरेको भन्दै जिल्लामा सुबिधा सम्पन्न अस्पताल र गाउँ गाउँमा गुणस्तरीय शिक्षाको बिकास गर्नुपर्नेमा जोड दिए ।
अझै पनि कतिपय निजि क्षेत्रबाट सञ्चालित संस्थाहरु सिर्जनशीलताको कमीका कारण संस्थाको विकास हुन नसकेको भन्दै संस्थाको विकासको लागि सबै एकजुट हुनूपर्ने बताएका थिए । नेकपा नेता समेत रहेका खड्काले देशका ७७ बटै जिल्लामध्ये अर्घाखाँची जिल्ला हाबापानी भौगोलिक संरचना पूर्वाधार निर्माण कृषि पशुपालन को दृष्टिले समेत सुगम मानिएता पनि स्वास्थ्यका दृष्टिले केही अहजता पैदा भएकोले स्वास्थ्य संस्थाको विकासको लागिे संघीय सरकार प्रदेश सरकार स्थानीय सरकारमा जिम्मेबारी भुमिका खेल्ने बर्तमान सरकारले आमुल परिबर्तनको निम्ति नेतृत्वदायी भुमिका खेल्ने समेत जिकिर गरेका थिए ।
कार्यक्रममा कार्यक्रममा औषधी व्यवसायी संघ अर्घाखाँचीका अध्यक्ष प्रेमबहादुर पछाई, क्यानसर रिलिज सोसाइटी तथा अर्घाखाँची हस्पिटल प्रालीका अध्यक्ष नारायण प्रसाद पौडेल, पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसि प्रदेश सदस्य शोभाखर पन्थी लगायत का बक्ताले कार्यक्रममा मन्तब्य राख्दै शिक्षा स्वास्थ्यलाई सरकारले स्वाभित्वमा ल्याउनुपर्ने बताएका थिए कार्यक्रम सस्थाका अध्यक्ष कृष्ण प्रसाद बन्जाडेको अध्यक्षता, सचिव संगिता वेल्वासेको सञ्चालन र कार्यकारी निर्देशक तिलक मिश्रको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा उत्कृष्ट व्यवासायी र एसईइ तथा प्लस ट’ लेभलमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई समेत सम्मान गरेका थिए ।

अन्य समाचारहरु