गोपाल भट्टराई
नुवाकोट अर्घाखाँची माघ ४ – भुमिकास्थान नगर चेम्वर अफ कमर्सको अध्यक्षमा युवा व्यवसायी प्रेम कुमार थापा निर्वाचित हुनुभएको छ ।
नुवाकोटमा सनिबार सम्पन्न प्रथम नगर भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय नगर समितिको सर्वसम्मत चयन गरेको हो । भुमिकास्थान नगरपालिकाका १० वटै वडामा व्यापार व्यवसाय गर्ने व्यापारीहरुको उल्लेखनिय सहभागितामा सम्पन्न भेलाको उद्घाटन गर्दै चेम्वर अफ कमर्सका जिल्ला सहसचिव सुकदेव बेल्वासले व्यापारीक क्षेत्रको समस्या समाधानको निम्ति चेम्वरले शसक्त भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दै नगरपालिकामा चेम्वरको संगठनलाई व्यापक बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अर्घाखाँची चेम्वर अफ कमर्सका जिल्ला प्रवक्ता हरिप्रसाद भुसालले व्यापारीहरुको हक अधिकार सुनिश्चित गर्नका लागि सम्पुर्ण व्यवसायिहरु चेम्वरमा गोलवन्द हुनुपर्नेमा जोड दिनुभयो । प्रेम कुमार थापाको अध्यक्षता, रामचन्द्र श्रेष्ठको स्वागत मन्तव्य र केशव थापाको संचालनमा सम्पन्न भेलामा चेम्वरका जिल्ला सदस्य गोपाल खनाल, भुमिकास्थान ७ का वडा सदस्य हुम बहादुर सिंह ठकुरी, प्रस्तावित पुर्व अध्यक्ष लेखनाथ पाण्डे, व्यवसायी मदन कुमार दमासे लगायतले शुभकामना मन्तव्य राख्नुभए थियो ।