अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लाको आमडाँडामा छिमेकीको घरमा गएर भैंसीको पाडो मारेको आरोपमा एक युवालाई प्रहरीले प्रकाउ गरेको छ ।
वाङ्लाको आमडाँडामा २७ वर्षिय बाबुराम नेपालीलाई सोही गाउँका छिमेकी धनबहादुर नेपालीको घरमा गई शनिवार दिउँसो कुट्पिट गरी भैंसीको पाडो मारेका थिए । बाबुरामले धनबहादुरको घरमा गएर कोही नभएको बेला खुकुरी प्रयोग गरी भैंसीको पाडो मर्नुका साथै भैंसी, गोरु, बाख्रा माथि आक्रमण गरेका थिए ।
साथै बाबुराम सोही क्रममा वृद्धा महिलालाई पनि आक्रमण गरेका थिए । निजलाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।