अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सञ्चार विधेयक विरूद्व नेपाली कांग्रेस ले देशभरका जिल्ला प्रसासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
सोहि अान्दोलन अन्तरगत अनुसार नेपालि काङ्ग्रेस अर्घाखाँची ले जिल्ला प्रशासन कार्यलय का प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल मार्फत ज्ञापनपत्र बुझाएको काङ्ग्रेस अर्घाखाँची का सभापति बिस्नु प्रसाद खनाल मुस्कानले जानकारी दिनु भयो ।
नेपाली काङ्ग्रेस को पार्टि कार्यलय सन्धिखर्क बाट जुलुस सहित निस्काका काङ्ग्रेस नेता कार्यकर्ताहरु जिल्ला प्रसासन कार्यलय अर्घाखाँची मा पुगेर ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र बुझाउदै काङ्ग्रेस सभापति मुस्कानले मुलुकमा सरकारले निरङकुस्ता लाद्न खोजेको मिडिया माथि अङकुच लगाउने भष्टचार बढाउने जस्ता गतिविधि गरेको बताउदै ज्ञापनपत्र पढेर प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।