सन्धिर्खककाे शान्ति बगैचा पाेखरीमा डुवेर दुई बालिकाकाे मृत्यु


अर्घाखाँचीडट्कम संवाददादा 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिर्खक स्थित शान्ति बगैचामा रहेकाे पाेखरीमा डुवेर २ जना बालिकाकाे मृत्यु भएकाे छ । 
शान्ति बगैचामा रहेकाे पाेखरीमा डुवेर मालारानी गाउँपालिका वार्ड नम्वर ७ हंसपुरकी ५ वर्षिया क्रिस्टना महत र प्युठान जिल्लाको नाैबहिनी गाउँपालिका वार्ड नम्वर ५ डाम्रिकी ४ वर्षिया वर्षा थापामगरकाे मृत्यु भएकाे हो ।
सोमबार अपरान्ह मृतक बालिका थापा आफ्नो सानिमाको घर सन्धिखर्क आएको बेला मृतक महतकी आमासँगै दुई छोरीलाई घुमाउन लैजाने क्रममा खेल्दै जाँदा एक्कासी पोखरीमा डुबेर मृत्यु भएको बताईएको छ ।
दुबै जनको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । पानीको फोहोरा बनाएको शिबको मुर्ति नजिकको पोखरीमा  परे लगतै प्रहरी र स्थानियले दुबै बच्चालाई उद्दार गरि जिल्ला अस्पताल पुराएका थिए । अस्पताल पुराएको केहि बेरमै अस्पतालका डाक्टरले दुबै बालिकाहरुलाई मृत्युु भएको घोषणा गरेका थिए । अहिले अस्पताल परिषरमा स्थानिय बासिको भिड लागेको छ ।
घटना घटेको खबर पाउना साथ सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट, शान्ति बगैचा निर्माण समितिका अध्यक्ष नारायण प्रसाद बन्जाडे, सचिब श्रीकृष्ण भुसाल, वार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे २ का अध्यक्ष मोतिजङ रायमाझी, नगरसभा सदस्यहरु लक्ष्मण पराजुली, बल बहादुर बिसि, देबि भुसाल लगायतका जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु जिल्ला अस्पताल पुगेर घटनाबारे जानकारी लिएका थिए । 
घटना प्रति नगरप्रमसख कमल प्रसाद भुसाल लगायतका जनप्रतिनिधिहरुले गहिरो दुख ब्यक्त गरेका छन ।
Image result for सन्धिखर्क  शान्तीबगैचा arghakhanchi.com
Image result for सन्धिखर्क  शान्ती बगैचा arghakhanchi.com

अन्य समाचारहरु