डिभर्ना अमिलेकी एक महिला बेपत्ता

अर्घाखाँचीडट्कम संवाददादा 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिर्खक नगरपालिका वार्ड नम्बर ११ डिभर्ना अमिलेकी एक महिला बेपत्ता भएकी छिन् । 
डिभर्ना अमिलेका शिव सेजवालकी श्रीमती नबिना सेजवाल आईताबार साँझबाट बेपत्ता भएकी हुन् । 
नबिना आईताबार साँझ ८ बजे सानाे काखकाे छाेरी र श्रीमान घरमा रहेको बेला बाहिर निस्केकी थिईन् । उनलाई गाउँ, छिमेकी, माईती लगायत सबै ठाउँमा खोज्दा पनि फेला पर्न सकिएको छैन् । 
परिवारले २४ घण्टा बित्न लाग्दा पनि फेला नपरेपछि प्रहरी लगयात सम्पूर्णलाई खोजिदिन अनुरोध गरेका छन् । कसैले फेला पारेमा नजिकैकाे प्रहरी चाैकी वा ९८४७१८२५९८मा फाेन गरि जानकारी गराइदिन सकिने छ ।  

अन्य समाचारहरु