प्रेम नारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । समुदाय प्रहरी साझेदारी कार्यक्रममा उल्लेखनीय भुमिका निर्बाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले अर्घाखाँचीले जिल्लाका स्थानीय सरकारलाइ सम्मान गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने लागु औषध तथा दुव्र्यसनी नियन्त्रण, आत्म हत्या न्युनीकरण, मानव वेचविखन लगायतका सचेतनामुलक कार्यक्रममा सहयोग गरेको भन्दै जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकालाइ सम्मान गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी, भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, पाणिनि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम, मालारानी गाउँपालिकाका कार्यपालिका सदस्य जुना घिमिरे, उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसाल, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षता, प्रहरी नायव उपरिक्षक प्रकाश विष्टको स्वागत मन्तब्य र भिमार्जुन अधिकारीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।