शितगंगा नगरपालिका अवैध घरेलु मदिराले आक्रांत, ठाडामा सयौ लिटर मदिरा नष्ट

अर्घाखाँचीडट्कम संवाददादा 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं.२,३ र ४ का बिभिन्न होटलहरुमा बिक्रि बितरणका लागी राखिएको घरेलु मदिरा बरामद गरी नियन्त्रणमा लिई ठाडामा नष्ट गरिएको छ । 
 “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीबाट गस्ती डिउटी चेकिङमा खटिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक बाबुराम बस्नेत समेतको प्रहरी टोलीले शितगंगा नगरपालिका वार्ड नं.२,३ र ४ का बिभिन्न होटलहरुमा बिक्रि बितरणका लागी राखिएको घरेलु मदिरा बरामद गरी नियन्त्रणमा लिई आज मंगलबार स्थानिय जनप्रतिनिधी,पत्रकार, समाजसेवी व्यक्तित्वहरुको रोहवर उपस्थितीमा ईलाका प्रहरी कार्यालय ठाडा कै कम्पाउण्ड भित्रै खाल्डो खनि नष्ट गरीएको थियो । 

अन्य समाचारहरु