माधव खनाल
ढाकावाङ्ग, अर्घाखाँची (अर्घाखाँचीडट्कम) माघ ७ । राष्ट्रिय जनमोर्चा साविकको अर्घाखाँची जिल्लाको ढाकावाङ्ग ६ को भगवती टोल आदर्श टोल र शिद्दबाबा टोलको संयुक्त आयोजनामा भेला तथा बनभोज कार्यक्रम आज भुमिकास्थान १ को ढाकावाङ्गको सिउडेनिमा सम्पन्न भएको छ ।
भेला तथा बनभोज कार्यक्रम राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा वडा न १ का वडा अध्यक्ष भोजराज खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ भेलाले भगवती टोल आदर्श टोल र शिद्दबाबा टोल समिति समेत गठन गरेको छ ।
जस अन्तर्गत भगवती टोलमा जनक खनाल अध्यक्ष रहेको १३ सदस्यीय टोल समिति गठन गरेको छ जसको उपाध्यक्ष राधा भुसाल सचीव बुद्धिराम खनाल कोषाध्यक्ष मधु अधिकारि र सदस्य हरुमा मोतीराम खनाल पुनाराम खनाल नारायण खनाल शालिकराम खनाल प्रेम बैजाली यमकला खनाल राम ब नेपाली गोपाल भुसाल त्यस्तै आदर्स टोलमा गोपाल बिक अध्यक्ष रहेको ११ सदस्यीय समिति गठन गरेको छ ।
जसको उपाध्यक्ष केस बहादुर गमाल सचिव प्रेम खनाल सहसचिव बिष्णु खनाल कोषाध्यक्ष कमला खनाल सदस्यहरुमा क्रमशः प्रदीप घर्ती चुराबहादुर थापा टेकबहादुर गमाल चन्द्रबहादुर गमाल देवकला खनाल ऋषि बहादुर गमाल र शेरबहादुर गमाल अध्यक्ष रहेको ७ सदस्यीय शिद्दबाबा टोल समिति गठन गरेको छ जसको उपाध्यक्ष सुमित्रा गमाल सचिव तिलक गमाल सहसचिव नरबहादुर गमाल कोषाध्यक्ष रविता पुन सदस्यहरुमा शृजना गमाल चिन्तबहादुर पुन लगायत रहनु भएको छ ।
उक्त कार्यक्रममा मन्तव्य राख्नेहरुमा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भुमिकास्थान १ का वडा अध्यक्ष भोजराज खनाल अखिल नेपाल शिक्षक संघका अर्घाखाँची सदस्य हिमलाल खनाल अखिल नेपाल ट्रेडयुनियन अन्टुकका भुमिकास्थान सचिव युवराज खनाल लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम गोपाल बिकको अध्यक्षता प्रेम बैजालिको स्वागत र कृष्ण खनालको संचालनमा सम्पन्न भएको थियो ।