सन्धिखर्कमा जवरजस्ती करणीको आरोपमा थुनामा रहेका प्रेम खड्काले सफाई पाए, अन्तत: निर्दोष प्रमाणित

(प्रकासित मिती: २०७६ माघ ७, मंगलवार) 

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जवरजस्ती करणीको आरोपमा थुनामा रहेका प्रेम खड्काले सफाई  पाएका छन् । 
जिल्ला अदालत अर्घाखाँचीले जवरजस्ती करणीको आरोपमा थुनामा रहेका प्रेम खड्कालाई सफाइ दिएको हो ।
गत वैशाख २६ गते जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर १ शान्ति वगैचाको होटल क्याराभानमा महिला जवर्रजस्ती करणी गरेको भनि थुनामा राखी मुद्दा चलेको थियो । 
सन्धिखर्कमा जबरजस्ती करणी आरोपमा प्रहरीले मुद्दा चलाएपनि पीडितहरुको भने जवर्रजस्ती करणी नपरेको दावी गर्दै आएका थिए । 
यसअघि खड्कालाई करणी आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले प्रकाउ गरी मुद्दा चलाएपनि जिल्ला अदालत अर्घाखाँचीले २०७६ ज्येष्ठ महिनाको २३ गते विहीवार साधारण तारेखमा छाडेको थियो । 
तर पछि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत अर्घाखाँचीको निर्णयलाई उल्टाउदै थुनामा राख्न आदेश दिएको थियो । 
सम्बन्धित समाचार: 



अन्य समाचारहरु