अर्घाखाँचीमा अतिक्रमित भूमि फिर्ताको माग गर्दै नागरिक समाजले ज्ञापन पत्र बुझायो

श्याम घिमिरे
सन्धिखर्क  माघ ८ अर्घाखाँची – नागरीक समाज नेपाल सन्धिखर्क अर्घाखाँचीले सरकारलाई ज्ञापनपत्र पत्र बुझाएको छ । 
भारतले केही महिना अगाडि प्रकाशन गरेको भारतको राजनीतिक नक्सामा नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेत समावेश गरेको घटनाले नेपालको सार्वभौमसत्तामाथि प्रहार हुनुका साथै नेपाली स्वाभिमानमा आँच आउने काम गरेको भन्दै समाजले बुधबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र पठाएको हो ।
नयाँ राजनीति नक्सा तुरुन्त सच्याउनु पर्ने, नेपाली अतिक्रमित भूभागबाट भारतीय सेना फिर्ता गर्नुपर्ने,कुटनीतिक, राजनीतिक र सरकारी स्तरबाट समस्याको समाधान गर्नुपर्ने लगायतका बिषयहरुमा पत्र मार्फत सरकारको ध्यानाकर्षण गराईएको नागरीक समाजका अध्यक्ष नन्दलाल पोख्रेलले बताए । 
पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले ध्यानाकर्षण पत्र आजनै प्रधानमन्त्री कार्यालयमा पठाउने बताए ।

अन्य समाचारहरु