अर्घाखाँचीको लंका यातायातद्वारा बुटवलकाे चाैराहबाट टिकट काउन्टर सञ्चालन

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा मुख्य कार्यालय रहेकाे लंका यातायात प्रालिले बुटवलकाे चाैराहबाट टिकट काउन्टर सञ्चालन गरेकाे छ ।
चाैराह दखि काठमाडौं र अर्घाखाँची जाने यात्रुलाई मध्यनजर गर्दै काउन्टर सञ्चालन गरिएकाे प्रालिका अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयाे ।
लंकाले अर्घाखाँची देखि बुटवल, काठमाडौं र जिल्लाका विभिन्न ठाउँमा यात्रुलाई सेवा प्रदान गर्दै अाएकाे छ । लंकाले अर्घाखाँचीमा शान्तिवगैँचा, भक्तिटाेल, काठमाडौंमा गाेंगवु, सुन्दरा कलंकीमा टिकट काउन्टर खडा गरेर सेवा प्रदान गर्दै अाएकाे भुसालले बताउनुभयाे ।
काठमाडौंका लागि दैनिक बिहान ६ बजे एउटा हाइस छुटने गरेकाे छ भने बुटवलका लागि स्कारपियाे सञ्चालन गर्दै अाएकाे छ ।
छ अाेटा हाइस, ४१ ट्याक्सी, १७ बलेराे, ११ फाेर्स, ११ ट्याम्पु, ११ डवल क्याप, दुई स्कारपियाे, एक बस, एक टाटासुमाे लंकाले सञ्चालनमा ल्याएकाे उहाँले जानकारी दिनुभयाे ।

अन्य समाचारहरु