अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ , अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङ बजारमा बाडगंगा अटो मोबाइल्सको शाखा स्थापना गरि टिभिएस कम्पनीका सबै मोटरसाइकल स्कुटर नयाँ बिक्रीवितरण तथा पुराना साट्ने कामको सुरुवात भएको छ ।
फुदवाङ बजारमाअटो मोबाइल्सको शाखा स्थापना खाँचीकोट डिहिडाँडाका बाबुराम आचार्यले शुरुबात गरेका हुन् ।
यहाँबाट टिभियस कम्पनिका सम्पुर्ण गाडीहरु खरिद बिक्री गर्नुको साथै पार्टस पाइनुका साथै सबै मोटर साइकल र स्कुटर बिक्रि तथा पुराना मोटरसाइकल र स्कुटरले नयाँ साटने ब्यबस्था गरिएको प्रोपाईटर बाबुराम आचार्यले बताउनु भयो ।