अर्घाखाँचीमा मसाल निकट जातिय समता समाजको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, पुनः राजेन्द्र नेपाली अध्यक्षता (भिडियो, फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा मसाल  निकट जातिय समता समाज अर्घाखाँचीको तेस्रो जिल्ला सम्मेलन नयाँ नेतृत्व चयन गर्दे सुक्रबार सम्पन्न भएको छ । 
सम्मेलनले पुनःराजेन्द्र नेपालीको अध्यक्षतामा १३ पुर्ण र २ बैकल्पीक गरी १५ सदस्यीय जिल्ला कार्य समितिको निर्बिरोध गठन गरेको छ । जसको उपाध्क्षमा कृष्ण सुनार,सचिब रामबहादुर नेपाली,सहसचिब प्रेम नेपाली र कोषाध्यक्षमा नुम बहादुर सुनार चयन भएका छन ।
यस्तै समितिको सदस्यमा क्रमशः रामबहादुर परीयार,बन्दु नेपाली,गोकर्ण परीयार,सिता बिक,प्रेम नेपाली,लक्ष्मी बिक,रेशम बिक,बिष्णु सुनार र कैकल्पीक सदस्यमा केशरा परीयार रहेका छन भने १ स्थान रिक्त राखीएको समाजले जनाएको छ । यस्तै सम्मेलनले चेतबहादुर बिक,राजु सुनार,ठाकुर पन्थी र कृष्ण सुनारलाई सल्लाहकारमा चयन गरेको छ ।
यसअघि सम्मेलनको उद्घाटन गर्दे समाजका केन्द्रीय अध्यक्ष दिल बहादुर विकले व्यबस्था फेरिएपनि व्यवहार नफेरिएका कारण जनताले सोचेजस्तो परिवर्तन हुन नसकेको बताउनुभयो । अहिलेको व्यबस्था फेर्नको निम्ती भ¥याङ् बनाउनेहरुको सोंच फेरिन नसक्दा जातिय भेदभाव तथा छुवाछुतको समस्या हट्न नसकेको अध्यक्ष वि.क.को आरोप छ । “पन्चायत पाल्यौं,राजा फाल्यौं,गणतन्त्र ल्याउन हाम्रा सन्ततीले बलिदानी दिए”अध्यक्ष विकले भन्नुभयो,“सत्तामा पुगेकाहरुको सोंचमा परिवर्तन आउन नसक्दा दलित समुदाय अहिलेपनि पछाडी पर्न बाध्य भएको दाबि समेत गर्नु भयो । बिकले दलित समुदायपनि नेपालकै आदिवासी भएकोले कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने भन्दै ब्यबहार सच्चायर अगाडि बढ्न आग्रह गर्नुभयो ।
समताका जिल्ला अध्यक्ष राजेन्द्र नेपालीको अध्यक्षता,उपाध्यक्ष चेत बहादुर वि.क.को स्वागत मन्तव्य र सचिव राजु सुनारको संचालनमा सम्पन्न उद्घाटन समारोहमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा,जिल्ला अध्यक्ष थम्मन केसी,अखिल नेपाल किसान महासंघका केन्द्रीय महासचिव कृष्ण केसी,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,अनेमसंघ जिल्ला सह–सचिव लक्ष्मी विक, नेपाल दलित संघका जिल्ला अध्यक्ष प्रितम दलित लगायतले मन्तव्य राख्दै मुलुक २१ औं शताब्दीमा चलिरहदा समेत जातिय बिभेदका घटना हुनु बिडम्बना भएको भन्दै यसको निराकरणको निम्ती राज्यले नैतिक र व्यवहारिक शिक्षा पाठ्क्रममा समावेश गर्नुपर्नेमा जोड दिए । उनिहरुले बर्तमान सरकार हरेक कोणबाट गलत बाटो हिडेको भन्दै तत्काल सच्चिनुपर्नेमा जोड समेत दिएका थिए ।
बाजाघाजा र ¥याली सहित सम्पन्न सम्मेलनमा गाउँगाउँबाट सयौको संङ्ख्यामा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

अन्य समाचारहरु