अर्घाखाँचीमा समाजवादी पार्टीद्धारा ३ महिने संगठन विस्तार तथा पार्टी सुदृढिकरण कार्यक्रम सुरु

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा समाजवादी पार्टीको केन्द्रिय योजना अनुसार अर्घाखाँचीमा पनि ३ महिने संगठन विस्तार तथा पार्टी सुदृढिकरण कार्यक्रमको सुक्रबार एक समारोहका बीच उद्घाटन सम्पन्न भएको छ । 
समाजवादी पार्टी ५ नम्बर प्रदेश सहईञ्चार्ज तथा केन्द्रिय समिति सदस्य कमल खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय समिति सदस्यहरु राजु नेपाली, खिमबहादुर बिक, छन्द पन्थी, संघीय परिषद सदस्य टोपबहादुर बलालमगर, अर्घाखाँची जिल्ला ईन्चार्ज नेत्र थापामगर, प्रदेश समिति सदस्यहरु मनिष सिंह, पुस्करनाथ आचार्य, समाजवादी दलित मुक्ति महासंघका केन्द्रिय सदस्य सुरज बिक, प्रेस नेपालका केन्द्रिय सदस्य दिनेश सुनार र समाजवादी विद्यार्थी यूनियनका केन्द्रिय सदस्य सन्तोष भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पार्टीका विभिन्न योजनाहरुका बारेमा प्रकाश पार्दै अबको अढाई महिना जिल्लाका वडास्तरसम्म समाजवादी पार्टीको संगठन विस्तार गरिने बताएका छन् ।
समाजवादी पार्टी जिल्ला समन्वय समिति, अर्घाखाँचीका अध्यक्ष जिन्दक खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका सचिव जेबी दर्लामीको सहजीकरण रहेको थियो ।

अन्य समाचारहरु