चुत्राबेसीको श्री जनज्योती माबिमा प्रहरीको प्रशिक्ष‍ण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कको चुत्राबेसी स्थित श्री श्री जनज्योती माध्यमिक बिद्यालयमा अपराध पहिचान, रोकथामका उपायहरु र व्यक्तिगत जिम्मेवारी, लैङ्गिक हिंसा, बाल दुर्व्यबहार,लागु औषध तथा मादक पदार्थ : प्रकार, असर, बच्ने उपायहरु तथा कानूनी व्यबस्था, आधारभुत सुरक्षा, सडक सुरक्षा, साईवर सुरक्षा, प्रहरीलाई अबर गर्ने अवस्था र १०० नम्वरको प्रयोग, आधारभुत कानुन र मानव अधिकार सम्बन्धी बिषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।    
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अनुसार “प्रहरी-बिद्यालय सम्पर्क कार्यक्रम”अन्तर्गत   चुत्रावेशी स्थित श्री जनज्योती माध्यमिक बिद्यालयका कक्षा ९ र १० मा अध्ययनरत अं.७० जना छात्र-छात्रालाई प्र.स.नि.परमेश्वर यादबले अपराध पहिचान, रोकथामका उपायहरु र व्यक्तिगत जिम्मेवारी, लैङ्गिक हिंसा, बाल दुर्व्यबहार,लागु औषध तथा मादक पदार्थ : प्रकार, असर, बच्ने उपायहरु तथा कानूनी व्यबस्था, आधारभुत सुरक्षा, सडक सुरक्षा, साईवर सुरक्षा, प्रहरीलाई अबर गर्ने अवस्था र १०० नम्वरको प्रयोग, आधारभुत कानुन र मानव अधिकार सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको थियो । 

अन्य समाचारहरु