श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची माघ ११ – एनएमबि बैंक शाखा कार्यालय सन्धिखर्क द्धारा जिल्ला अस्पताल सन्धिखर्कलाई पानी शुद्धिकरण गर्ने आर.ओ.प्रबिधिको मेसिन ह्स्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सनिबार जिल्ला अस्पताल सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बैंकका बुटबल क्षेत्रिय प्रवन्धक डिबिर बिक्रम शाहले अस्पतालका नि.मेडिकल सुपेरीटेन्डेन डा.कपिल गौतमलाई मेसीन हस्तान्तरण गरेका हुन ।
हस्तान्तरण कार्यक्रममा मनतब्य राख्दै शाहले संस्थागत सामाजीक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जिल्ला अस्पताललाई पानी शुद्धिकरण गर्ने मेसिन हस्तान्तरण गरीएको बताए । उनले बैंकले यस्ता कार्यक्रमहरुको सुरुवाती मात्र गर्न लागेको भन्दै आगामी दिनमा सहयोगलाई व्यापक बनाउने बताए ।
कार्यक्रममा मनतब्य राख्दै सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले जिल्लामा स्वास्थ्य र शिक्षाको बिकासलाई प्रभाबकारी रुपमा अगाडी बढाउनुपर्ने बताए । भुसालले यि दुबैको बिकासमा सबै एकजुट भएर लागेमा सिङ्गो जिल्ला र पालीकालाई समृद्ध बनाउन सकिने दाबि समेत गरे ।
जिल्ला अस्पताल अर्घाखाँचीका नि.मेडिकल सुपेरीटेन्डेन डा.कपिल गौतमको अध्यक्षता ,बैंकका सन्धिखर्क शाखा प्रमुख नगेन्द्र प्रसाद पौडेलको स्वागत मनतब्य र जनस्वास्थ्य अधिकृत गणेश गौतमको सन्चालामा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालीका वडानम्वर १ का वडाअध्यक्ष युबराज बन्जाडे,अस्पताल व्यवस्थापन समितिका भुपु अध्यक्ष कृष्ण खनाल,नेपाल पत्रकार महासंघका सचिब सुर्य प्रसाद भुसाल लगायतले मनतब्य राख्दै अस्पताको बिकासमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सनपा ३ का वडाअध्यक्ष लिलाराम गौतम,अस्पताल व्यवस्थापन समितिका भुपु अध्यक्ष उमेश घिमिरे लगायत उद्योगीव्यवसायी,स्वास्थ्यकर्मि,पत्रकार लगायतको उपस्थिति रहेको थियो । यसैबिच बैंकले आजै सन्धिखर्कमा ग्राहक संग अन्तरक्रिया कार्यक्रमपनि सम्पन्न गरेको बैंकका शाखा प्रमुख पौडेलले जानकारी दिए ।