किमडाँडा मसाल निकटको महिला संघको वार्ड भेला सम्पन्न

श्याम घिमिरे
किमडाँडा, अर्घाखाँची माघ ११   – नेकपा मसाल निकटको अखिल नेपाल महिला संघ अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको वार्ड भेला आज किमडाँडामा सम्पन्न भएको छ । 
अनेमसंघ जिल्ला समिति अर्घाखाँचीको सहजीकरणमा सम्पन्न भेलाले तुलसा बन्जाडेको अध्यक्षतामा ९ सदस्यीय अनेमसंघ सनपा ८ को वडा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा पार्बता मल्ल, सचिवमा साबित्रा बन्जाडे र कोषाध्यक्षमा शुस्मीता पाण्डे चयन हुनुभएको छ । यस्तै समितिको अन्य सदस्यहरुमा कमला बन्जाडे,कमला सापकोटा,यमकला बन्जाडे,पम्फा राना र सबिता बन्जाडे रहनुभएको छ ।
कल्पना बन्जाडेको अध्यक्षतामा सम्पन्न भेलामा अनेमसंघ जिल्ला कोषाध्यक्ष मिना बिसी सहसचिब लिला भुसाल लगायतले मन्तव्य राख्दै महिलाहरुको सक्षमतामा कमी र पिडकलाई शक्तिको भरमा बचाउ गर्ने परिपाटी हावी भएकोले लैङ्गिक हिंसाका घटनाहरु बढेर गएको बताउनुभयो । उहाँहरुले महिला अधिकार स्थापना गर्न सबै एकजुट हुनुपर्ने भन्दै सानातिना कुराहरुमा नअलमल्लीकन देशलाई सम्बृद्धि बनाउन अगाडी बढ्नु पर्ने कुरामा जोड समेत दिनु भएको हो । 
आसन्न फागुनको २ र ३ गते बुटबलमा सम्पन्न हुन गईरहेको राष्ट्रिय सम्मेलनको पुर्ब सन्ध्यामा जिल्लाव्यापी संगठन बिस्तार अभियान सन्चालन गरीएको संघकि जिल्ला कोषाध्यक्ष मिना बिसीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु