अर्घाखाँची मैदानका घिमिरेको भारतको हरियाणामा निसासिएर मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता
हरियाणा  (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानको (ढाड मैदान काफल बुटा) गैरीबजारका रुक्मांगत घिमिरेको भारतको हरियाणा (हिंसार) मा निसासिएर मृत्यु भएको छ ।
अत्यधिक जाडोका कारण डेर घरको कोठामा आगो बालेर ढोका थुनी सुतेको अवस्थामा ५२ वर्षिय रुक्मांगत घिमिरे मृत अवस्थामा फेला परेका थिए ।
उनको निसासिएर मृत्यु भएको नेपालीबासीहरुले बताए । घिमिरे ३ महिना अगाडि हरियाणामा रोजगारका लागि आएका थिए ।   साथै उनको २ दिनपछि हरियाणाको समसानमा अन्तेष्ठी गरिएको छ ।

अन्य समाचारहरु