श्याम घिमिरे
सन्धिखर्क माघ ११ अर्घाखाँची – संयुक्त एम्बुलेन्स चालक संघ अर्घाखाँची शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अबसर पारेर सनिवार अर्घाखाँची अस्पतालमा रहेका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दे दुध र बिस्कुट बितरण गरेको छ ।
कार्यक्रममा अर्घाखाँची अस्पतालमाका नि. सुपरिटेन्डेन्ट डा. कपिल गौतम, सन्धिखर्क नगरपालिका वडानं ३ का वडाअध्यक्ष लिलाराम गौतम, एमडिजिपि डाक्टर सन्तोष न्यौपाने, स्वास्थ्य कार्यालय अर्घाखाँचीका स्वास्थ्य प्रमुख पुष्पा थापा लगायतले स्थापना दिबसको शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष सुर्य भट्टराईको अध्यक्षता दिपक बहादुर गाहाको स्वागत मनतबय र अशोक चौहानको संचालमा सम्पन्न भएको थियो ।
दिवसकै अबसरमा सन्धिखर्कमा दिप प्रज्जवलन तथा एम्बुलेन्स ¥याली समेत गरीएको आयोजकले जनाएको छ ।