ठाडाको डमरु दह बर्षौ देखि संरक्षणको खोजीमा

अराज बेल्बासे
ठाडा, अर्घाखाँची १३ माघ   ।  देशमा अहिले पर्यटन बर्ष चलिरहेको छ । देश भर स्थानिय तह तथा जिल्लामा पर्यटक तान्ने लुकेर रहेका पर्यटकिय स्थल प्रचार प्रसारमा ब्यस्त छन । अर्घाखाँची जिल्ला पनि पर्यटक रमाउन सक्ने सम्भावना रहेको ठाँउ हो तर यहाँका अगुवा राजनितिक दलको त्यस तर्फ कुनै ध्यान पुगेको छैन । 
बिभिन्न सभा सम्मेलनमा स्र्वग बनाउने कुरा नेताहरुले नगर्ने हैन भाषणमा जितपुर बाट सुरुङ सडक सन्धिखर्क ,सुपादउराली मुनि बगेको सितखाला थुन्ने सुपादेउराली माथी देशकै अग्लो स्थानमा पुल बन्ने डमरु दहमा डुङ्गा सरर बिचमा मन्दिर र छेउछाउ बगैचा बन्छ बन्छ भनेको बर्षाै भयो र अहिले पनि मेयर देखि सांसद सम्मका भाषण यहि छन  तर संरक्षण र  बिकासमा कुनै सिन्को भाच्ने काम भएको देखिदैन ।
 सुपा देउराली दौनिक हजारौ पर्यटक पुग्ने गर्छन तर सुपा देउराली पुग्ने करिव १ किमि सडक मर्मत नहुदा निकै असहज छ सानो गल्तीले ठुलो दुर्घटना हुन सक्ने सम्भावना छ तर ध्यान त्यहा कसैको पुगेको छैन । 
 
शितगंगा नगरपालिकाको ठाडामा रहेको डमरु दह पनि सडकबाटै दौनिक हजारौ यात्रुका नजर पुगछ तर  डमरु दह कौडिको भाउको हिरा जस्तै भएको छ । तालको पानी सुक्न थाले पछि  १५ लाख खर्च गरेर लिफ्ट बाट पानी तान्ने भन्दै बजेट सकियो तर पानी १ दिन मात्र आयो अनि बन्द छ । “बजेट सक्ने प्रवृतिले गर्दा काम हुन सकेन संरक्षण गरौ भन्ने भावना भए पो काम हुन्छ”  ठुलो सम्भाना भएको ठाउको यो गतिले साह्रै दुख लाग्ने स्थानिय बिराट बेल्वासेको भनाई छ । 
स्थानिय ७० बर्षिय उमानन्द अधिकारीले आफु जान्नि हुँदा यो ताल  भरि , दक्षिण क्षेत्रबाट पानी बग्ने र स्वच्छ थियो कमलका फुलहरुले सुन्दरता थप्ने गर्दथे तर केहि बर्ष देखि ताल सुक्दै गए पनि कसैले यसको बिकल्प खोजेको नपाउँदा दुख लागेको बताउनु हुन्छ  । सडक निर्माण गरे संगै नालीको भल तालमा राख्दा हिलो र ढुङ्गाले ताल पुरिदै गएको र देखिन मुल समेत सुकेको बताउनु हुन्छ ।  न गरपालिकाले बजेट हालेर पानी तान्ने कुरा सुने पनि पानी नआएको बताउदै  संरक्षण गरे मुल सुक्न नदिए पानी तान्न नपर्ने अधिकारी बताउनु हुन्छ ।
यो बर्ष नगरपालिका र प्रदेश सरकारको सवन्वयमा ५० लाखको लागतमा डेण्डर आह्ववान भएको छ  जसमा २३ लाखमा टेण्डर परि सकेको छ । बचेको २२ लाखमा बिचमा मन्दिर बनाउने योजना रहेको नगर प्रमुखको भनाइ छ ।
डमरु दहको संरक्षणको लागि नालीको पानी दह भन्दा बाहिर नफालेमा केहि बर्षमा तालनै सुक्ने स्थानिय भन्छन तर स्थानिय तहको ध्यान त्यसमा छैन करिव १ करोड लगानी लागि सक्दा बाहिरी कुरा ध्यानमा परे पनि दह सुक्नुको मुख्यकारण मानिएको सडक ढल प्रति ध्यान छैन ।
डमरु दहको संरक्षणमा वडा नम्बर ३ ले सक्दो प्रयास गरेको वडा अध्यक्ष हेमनाथ भुसालको भनाइ छ ।
 बाहिर देखिने फोहोरहरु सरसफाइ गर्न वडाबाट कर्मचारी खटाए पनि त्यतिले प्रयाप्त नभएको भुसाल बताउनु हुन्छ । 
नगरपालिकाका मेयर शुर्य प्रसाद अधिकारीले डमरु ताललाइ पर्यटकिय स्थल बनाउने बिचमा मन्दिर बनाउने र पार्क बनाउने भन्ने धेरै कार्यक्रममा भने पनि प्रगतिको रुपमा सुन्यकाम छ । सडकको वरिपरिको सडक समेत नगरपालिकाले कालोपत्रे गर्न सकेको छैन   ।
डमरु दहको बारेमा बिभिन्न धार्मिक आस्था रहेको पाइन्छ । प्राचीन कालमा भगवान शिवको ध्यान गर्न नर्तनाञ्चल पर्वत नरपानीमा जाने क्रममा पाइला टेकेको स्थानमा डमरु आकारमा पाइला बनेको भन्ने बिस्वास छ ।
 यस्तै भगवान रामले बनवास जाँदा यहि तालमा पाइला टेकि पानी निकाल्न आरिपानीमा बाणँ हानेको र रामको पाइलाको आकारमा यो ताल बनेका भनिन्छ रामले बाण हानेर पानी निकालेको स्थान आरिपानी समेत यसै नगरपालिमामा रहेको छ आरिपानी बाणगंगा नदिको मुल भएको स्थान समेत हो ।
यस्तै बिभिन्न धार्मिक पर्वचनमा भनिए अनुसार रावणले ध्यान बस्ने बेला पानीको लागि बाण हानी पानी निकाल्दा बाण बाट खसेको र ताल बनेको भन्ने गरिन्छ रावणल नर्तनाञ्चल पर्वतमा ध्यान बस्दा त्यहा रहेका योगीनी हरु डरले भागेर डमरु दह भन्दा १ किलो मिटर टाडा बसेको कुटी समेत अहिले सम्म रहेको छ हाल त्यो गाँउको नाम समेत जोगिनीकोट रहेको छ । सिहंदरबार गाँउगाँउमा भनिए पनि पर्यटन र आम्दानीको मुख्य स्रोत डमरुदह जस्तै धेरै स्थलहरु गुमनाम भइरहेका छन । करोडौ सकम स्थानिय तहले खर्च गर्दा लाखौ रकम पर्यटकिय क्षेत्रमा खर्च गर्दा नगरपालिकाको काखैमा रहेको ठुलो सम्भावना बोकेको स्थान नै ओझेलमा पर्दा स्थानिय तहका जनप्रतिनिधीको ध्यान त्यता पुग्न सकेको छैन ।

अन्य समाचारहरु