हंसपुरको लोहोरीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।     समुदाय प्रहरी साझेदारी बिद्यालय सम्पर्क कार्यक्रम अन्तरगत आज अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६ हंसपुरको लोहोरी रहेको मेयलपानी मा.वि मा जनचेतना मुलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा कक्षा ६,७,८,९ र १० का छात्र छात्रा र शिक्षक शिक्षिका हरु सहभागी गराइ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हंसपुरको संयुक्त आयोजनामा सवारी दुर्घटना न्युनिकरण ,सवारी साधनमा यात्रा गर्दा ध्यानदिनु पर्ने कुराहरु, सडक प्रयोग गर्दा अपनाउनु पर्ने साब्धानि तथा अन्य ट्राफिक नियम सम्बन्धि अर्घाखाँचीका ट्रफिक प्रमुख. खेमान्नद काफ्ले,नेतृत्वको टोलीले प्रशिक्षण दिइएको बताएको छ ।

अन्य समाचारहरु