सिद्धाराको मोहुबारीमा शितगंगा नगर प्रमुख अधीकारी द्वारा विधालय अनुगमन

रुद्रमणि भुसाल
सिद्धारा । अर्घाखाँचीको शितगंगा नागरपालिका वडा नम्बर–११ सिद्धाराको मोहुबारीमा रहेको रुद्रबेनी प्रा.बि मा सितगङ्गा नगर प्रमुख सुर्य अधिकारी र वडा अध्यक्ष कोपिल आलेले आज संयुतm रुपमा अनुगमन गर्नुभएको छ ।
नगर प्रमुख अधिकारीले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएकोले शिक्षकहरु बिद्याथीको भविस्यलाई ख्याल गर्दै अध्यापन गराउनुपर्नेमा जोड दिनुभएको छ ।
अधिकारीले शिक्षाको गुणस्तरीय सुधारका लागि नगरपालिका र वडा कार्यालय एकताबद्ध भएर अगाडी बढेको बताउनु भयो । विद्यार्थी स्कुलमा पढ्ने गरेका छन–छैन भनेर सितगंगा नगरपालिकाले बिकट ठाउँमा गएर अनुगमन गरेकोमा अभिभावकहरुले जनप्रतिनिधिहरुलाई धन्यबाद समेत दिएका थिए ।  

अन्य समाचारहरु