श्याम घिमिरे
असुरकोट माघ १४ अर्घाखाँची – आसन्न फागुनको २ र ३ गते बुटबलमा सम्पन्न हुन गईरहेको सातौं राष्ट्रिय सम्मेलनको पुर्ब सन्ध्यामा जिल्लाव्यापी संगठन बिस्तार अभियान सन्चालन गरीएको नेकपा मसाल निकट अखिल नेपाल महिला संघ अर्घाखाँचीले मंगलबार भुमिकास्थान नगरपालीकाको वडानम्वर ५को असुरकोट र वडानम्वर ६ को खिल्जीमा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
वडानम्वर ५ को असुरकोटमा सम्पन्न कार्यक्रम लालसरी रानाको अध्यक्षता,पेमा रानाको स्वागत मनतब्य र लक्ष्मी सुनारको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा अखिल नेपाल महिला संघ जिल्ला सचिब कल्पना पोख्रेलको प्रमुख आतिथ्यता रहेकको थियो । यस्तै कार्यक्रमामा राजमो नगर ईन्चार्ज तथा वडाअध्यक्ष तुल्सीराम बेल्बासे,राजमो नेताहरु हिमलाल बन्जाडे,शिब बन्जाडे,रामु सुनार,सरीता थापा लगायतको आतिथ्यता रहेको थियो ।
यस्तै वडानम्वर ६ को खिल्जीमा सम्पन्न कार्यक्रम निमकला बिकको अध्यक्षता,बिष्णु राँगुको स्वागत मनतब्य र कल्पना भण्डारीको सन्चालनमा सम्पन्न भएको हो । कार्यक्रम अनेमसंघकी जिल्ला कोषाध्यक्ष मिना बिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलामा राजमो स्थानिय नेताहरु साबित्रा दमासे,मित्रलाल पोख्रेल,रामबहादुर नेपाली,कृष्ण बेल्बासे लगायतले मनतब्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले महिला अधिकार स्थापना गर्न सबै एकजुट हुनुपर्ने भन्दै सानातिना कुराहरुमा नअलमल्लीकन देशलाई सम्बृद्धि बनाउन अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको हो ।