मैदानको भर्तापुरमा घर घरमै ग्लोबल आइएमई बैंक सुबिधा (तस्बिर सहित)

प्रदीप सुर्यबंशी
 भर्तापुर,अर्घाखाँची (अर्घाखाँची डट्कम) माघ १५ । अर्घाखाँचीको पाणिनी गाउँपालिका ५ मैदानको भर्तापुरमा आज सामाजिक सुरक्षा भत्ता अर्थात  बृद्ध भर्ता,असाय भत्ता,अपाङ्ग भत्ता सुबिधा लिनेहरुलाई पाणिनी गाउँ पालिका दुर्गाफाटमा रहेको ग्लोबल आईएमई बैंकले सामाजिक सुरक्षा भत्ता लिनेहरुको लागि खाता संचालन गर्न गाउँमै गई सुबिधा दिएको छ।
 आज भन्दा पहिले सामाजिक सुरक्षा भत्ता गाउँमै गई बाड्ने गरिन्थ्यो तर अब यो सुबिधा बैंकमार्फत लिन सकिने  आईएमई ग्लोबल बैंकका ब्रान्च म्यानेजर  लिल बहादुर सारुले बताउनुभयो। 
आज करिब ६७ जनाको खाता संचालन हुने भएको छ र बाकी खाता खोल्न रहेका ब्यक्तिले वार्ड सदस्य धन बहादुर सिँजाली सङ्ग सम्पर्कमा रहि खाता संचालन गर्न सकिने  बैंकका स्टाफ अम्रित भट्टराईले बताउनुभयो। 
आज यस कार्यक्रममा ग्लोबल आईएमई बैंकका ब्रान्च म्यानेजर लिल बहादुर सारु, यसै बैंकका स्टाफ अम्रित भट्टराई   पाणिनी गाउँ पालिकामा कार्यरत  एम.आई.एस अप्रेटर माधब प्रसाद घिमिरे ,वार्ड सचीव रबिन्द्र न्यौपाने, वार्ड सदस्य धन बहादुर सिँजाली, र  पाँच नम्बर प्रदेश स्वतन्त्र पत्रकार संघका सह-सचिब  प्रदीप सूर्यबँशीको पनि उपस्तिथि रहेको थियो। सोही ठाउँमा पत्रकार, बुद्धिजीवी, वार्ड सदस्य वार्ड सचिब बृद्ध,अपाङ्ग,असायहरुलाई खाता खोल्न सहयोग गरेका थिए। 
तस्बिर :- प्रदीप सूर्यबँशी अर्घाखाँची डट्कम

अन्य समाचारहरु